बिहिबार, बैशाख १३, २०८१

माओवादी संसदीय दलका नेतामा अध्यक्ष प्रचन्द्र

 काठमाडौँ माघ १७  ,एनेकपा(माओवादी)को बसेका बसेको पूर्व पोलिटब्युरो सदस्यकोे बैठकले संविधान निर्माणमा विशेष ध्यान पु-याउनका लागि पार्टीको शीर्ष  नेतृत्व नै क्रियाशील हुनुपर्ने ठहरसहित संसदीय दलको नेतको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाइ दिने नितिगत निर्णय गर्दै प्रस्तुत निर्णयनै केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराउँने तयारी भएको बुझिएको छ ।

त्यस्तै पार्टी अध्यक्ष प्रचन्द्रको निवास लाजिम्पाटमा बसेको पूर्व पोलिटब्युरो सदस्यकोे बैठकले आगामी एक वर्षभित्र संविधान निर्माण गर्ने भनी संविधानसभा निर्वाचनका क्रममा जनतासामु गरिएको प्रतिबद्धताअनुरुप संसदीय दलका नेतामा पार्टी अध्यक्षलाई पठाउँदा जायज हुने भन्दै यस्तो निणय गरेको बुझिएको छ । साथै संसदीय दलको नेतामा सहमति भए पनि उपनेता, प्रमुख सचेतक र सचेतकलगायतको विषयमा भने कुनै पनि सहमति हुन बाँकी रहेको एमाओवादी सम्वद्धस्रोतले जनाएको छ ।