बिहिबार, चैत्र १५, २०८०

माउन्टेन टेलिभिजनमा व्यवस्थापन पत्रकारहरुवीच विवाद,समाचार प्रमुख सहितका पत्रकारहरुद्दारा सामुहिक राजीनामा

  काठमाडौं माघ ५,व्यवस्थापन र समाचारकक्ष बीचमा विवाद भएपछि माउन्टेन टेलिभिजनका समाचार प्रमुख सहित समाचार कक्षमा काम गर्ने १२ पत्रकार thumbopenबाहिरिएका छन ।  समाचार प्रशारणको प्रसंगमा भएको विवादका कारण माउन्टेन टेलिभिजनको समाचार कक्षका पत्रकारहरु वाहिरिएको बताइएको  छ ।   समाचार प्रमुख सहित ८ पत्रकारले एकमुष्ट राजीनामा दिएको ४ दिन नवित्दै थप चार जनाले विहीबार राजीनामा दिएका छन् । टिभीबाट निर्देशक समेत रहेका समाचार प्रमुख केदार कोइराला सहित ८ पत्रकारहरु खिला कार्की, निरज खतिवडा, शिवराज योगी, प्रेम गौतम, प्रभात देवकोटा, अनुप आचार्य र प्रमोद न्यौपानेले गत  मंगलबार राजीनामा दिएको बुझिएको   छ ।   त्यस्तैगरि   रोहित भण्डारी, रचना रायमाझि, भागवत भटट्राई र हरिसरण न्यौपानेले लगायतका  पत्रकारहरुले पनि  टेलिभिजन  व्यवस्थापनले अनावश्यक    रुपमा समाचार कक्षमा  हरुतक्षेप गरेको भन्दै   आफुहरुले संयुक्त रुपमा राजीनामा दिएर    वाहीरिएको बुझिएका छ ।