बिहिबार, बैशाख १३, २०८१

मलामी बोकेको जिप गएराती दुर्घटना हुँदा दुईको मृत्यु, चौध घाइते

 पर्वत पौष २९, पर्वतको हुवास गाविसमा गएराति भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मलामी बोकेर त्रिवेणीदेखि हुवासको parbatबसेलडाँडामा जाँदै गरेको ग१च ७६०२ नम्बरको जिप गाविसकै वडा नं. ७ स्थित दारसिङडाँडामा दुर्घटना भएको र दुर्घटनामा १४ जना घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको छ बताइएको छ । त्यस्तै दुर्घटनामा परि मत्यु हुनेमा क्रमस होमनाथ तिवारी र सोही स्थानका ४५ वर्षीय लोकप्रसाद न्यौपाने रहेको प्रहरीलाई उदत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ भने घाइतेभएकाहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।