बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीद्दारा संविधानसभाको पहिलो बैठक माघ ८ गतेका लागि आह्वान

 काठमाडौँ पौष २७, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक आगामी माघ ८ गते बुधबारका निम्ति आह्वान गर्नुभएको छ । नेपालको अन्तरिम  संविधान, २०६३ को धारा ६९ को उपधारा १ बमोजिम संविधानसभा सदस्यको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बस्ने व्यवस्था अनुरूप अध्यक्ष रेग्मीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा उक्त दिन अपराह्न ३ बजेका निम्ति बैठक आह्वान गर्नुभएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमद्दरा जारी प्रेस विज्ञप्तीमा उल्लेअ गरिएको छ । यसअघि राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै संविधानअनुसार संविधानसभाको पहिलो बैठक बोलाउने व्यवस्था गर्नु मन्त्रिपरिषद् अध्यक्षलाई आग्रह गरेको थियो ।