मङ्लबार, बैशाख ११, २०८१

मधेसी जनाधिकार फोरम सरकारमा नजाने : अध्यक्ष यादव

 yadavकाठमाडौँ पौष २८, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा नजाने प्रष्ट पार्दै व्यवस्थापिका संसदमा प्रतिपक्षमा बस्ने  बताउनुभएको छ ।राजधानीमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग आज कुरा गर्दै अध्यक्ष यादवले मधेसी दल क्रमस मधेसी जनाधिकार फोरम तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच बीच एकताको प्रक्रिया प्रारम्भ भएको बताउँदै आफ्नो पार्टीले सरकार भन्दा पनि संविधान निर्माणलाई प्राथमिकता दिन प्रतिवद्ध रहेको भन्दै प्रतिपक्षमा बस्ने बताउनुभएको हो ।