शुक्रबार, चैत्र १६, २०८०

भूकम्पीय जोखिमका दृष्टिले काठमाडौं सबैभन्दा जोखिमपूर्ण

ललितपुर पौष २६, विज्ञहरूका अनुसार काठमाडौंमा विसं १९९० माघ २ गतेको जस्तो महाभूकम्प अब फेरि दोहरिएमा करिव एक लाख मानिसले ज्यान गुमाउनुर्पे र ६० प्रतिशत BhuKampa भवनहरू नष्ट हुने अनुसन्धानबाट देखिएको बताएका छन । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले (एनसेट)द्वारा १६औं भूकम्प सुुरक्षा दिवसको अवसरमा आज आयोजित भूकम्पीय जोखिम न्यूनिकरणमा आमसञ्चारको भूमिका’ विषयक छलफल कार्यक्रममा सो संस्थाका उपकार्यकारी निर्देशक ईन्जिनियर रमेश गुरागाईले भूकम्प हुनुको मुख्य कारण भौगर्भिक बनोट रहेको बताउँदै भूकम्पीय जोखिमका दृष्टिले काठमाडौं सहर सबैभन्दा जोखिमपूर्ण दृष्टिकोणले ११ आँै स्थानमा र काठमाडौं सहर विश्वको प्रथम स्थानमा पर्ने बताउँनु भएको छ । कार्यक्रमको प्रारम्भमा एनसेटका आमसञ्चार संयोजक खड्ग सेन ओलीले भूकम्पीय जोखिम न्यूनिकरणमा आमसञ्चारको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएकाले एनसेटले आमसञ्चारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले हाल देशका विभिन्न २८ वटा एफएम र दुईवटा टेलिभिजनमा एनसेटको सहयोगमा नियमित कार्यक्रम प्रशारण भईरहेको जानकारी दिनुभएको छ ।