शुक्रबार, चैत्र १६, २०८०

फ्रेण्ड्सद्दारा मच्छिन्द्र पराजित, आर्मी र पुलिस क्लबबीचको खेल बराबरीमा

 काठमाडौंपौष २६ ,सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आजको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको खेल एक–एक गोलको बराबरीमा सकिएको हो । त्यस्तै गरि  दोस्रो खेलमा फ्रेण्ड्स क्लबले मच्छिन्द्र क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ । भोलिको पहिलो खेलमा जावलाखेल  र सरस्वती युथ क्लब भिड्ने भने छ दोस्रो खेल एपीएफ टिम र हिमालयन शेर्पावीच हुँनेछ ।