शुक्रबार, बैशाख ७, २०८१

प्रसग: पत्रकार–प्रवक्ता भेटघाट ८६ हजार ६७ जना भूटानी शरणार्थी तेस्रो मुलुकमा पुर्नःस्थापित

काठमाडौँ माघ १३, सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले suchana mantarlaye८६ हजार ६७ जना भूटानी शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापना भइसकेको जानकारी दिन भएको छ ।  त्यसैगरि श्रम तथा रोजगार मन्त्रालयका सहायक प्रवक्ता मुक्तिनाथ भट्टराईले चालु आर्थिक वर्षको पुस मसान्तसम्म व्यक्तिगत र संस्थागत गरी तीन लाख एक हजार ५०१ जनाले वैदेशिक रोजगारमा जान स्वीकृति लिइसकेको बताउँन भएको छ भने रक्षा मन्त्रालयका प्रवक्ता द्वारिकाप्रसाद आचार्यले प्रधानसेनापति गौरवशम्शेर राणाले चीन भ्रमणका बेलामा गर्नुभएको सम्झौता बमोजिम चीन सरकारले नेपाली सेनाका लागि दुईवटा मोबाइल अस्पताल सञ्चालनका लागि पाँच करोड ९० लाख आरएमबी उपलब्ध गराउने भएको जनाउँदै दक्षिण सुडानमा थप ८५० शान्ति सेना खटाउने मन्त्रिपरिषदको निर्णयबमोजिम हाइटीमा तैनाथ ३५० सेनालाई दक्षिण सुडानमा पठाइएको बताउनुभएको छ ।

पत्रकार भेटको क्रममा राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता कृष्णप्रसाद पौड्यालले रेडियो नेपाल, राष्ट्रिय खेलकुद परिषद्, आयुर्वेद चिकित्सालय नरदेवी, सल्यान जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका निकायमा भइरहेका अनियमितताबारे छानबिन गरी कारबाहीको अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवश्यक फाईल पठाइएको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि भूमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता कृष्णराज बिसीले २७ हजार ५७० मुक्त कमैयामध्ये २४ हजार ७७६ जना पुनःस्थापना गरिएको जनाउँनु भएको छ भने निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले मङ्सिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा रु चार अर्ब ६० करोड ४० लाख खर्च भएको जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031