बुधबार, बैशाख १२, २०८१

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

 काठमाडौँ पौष २७, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९२ औँ जन्मजयन्तीको अवसरमा पृथ्वी जयन्ती मूल नागरिक समारोह समितिद्वारा राजधानीमा जुलुस सहित नगरको prithivi-narayan-358x300विभिन्न भागको परिक्रमा गरि सिंहदरबारको पश्चिम ढोकास्थित शाहको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ ।

माल्यार्पण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, इतिहासविद् रमेश ढुङ्गेल, पुराना राजनीतिज्ञ विश्ववन्धु थापा, पूर्व मन्त्री, तत्कालीन राजप्रासाद सेवाका उच्चपदस्थ कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीका पूर्व उच्चअघिकारीले र पूर्व प्रशासक, सुरक्षा निकायका पूर्व प्रमुखहरू, उद्योगी, व्यापारी, वकिल, पत्रकार र सर्वसाधारणको सहभागिता रहेको थियो ।