बिहिबार, बैशाख १३, २०८१

पुरानै नियमावली अनुरुप वैठक सञ्चालनको लागि सभाध्यक्ष थापाले गरेको प्रस्ताव पारित गर्दै बिधानसभाको पहिलो वैठक सकियो

  बिधान सभाको  bicc 1 (1)दोस्रो वैठक माघ १५ गते

काठमाडौँ माघ ८ ,संविधानसभाको निर्वाचन भएको दुई महिनापछि संविधानसभाका नवनिवाचित ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको अध्यक्षतामा अहिले अपरान्ह बसेको संविधानसभाको बैठक केहिक्षण अगाडि सम्पन्न भएको त्यहाँ स्थित हाम्रा सहकर्मीले जनाएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले वैठक आह्वान गरेको पत्र पढेर सुनाउँनुको अलावा नयाँ नियमावली नबनुन्जेलसम्मका लागि पुरानै नियमावली अनुसार वैठक सञ्चालन गर्ने भनी सभाध्यक्ष थापाले गरेको प्रस्ताव आजको वैठकले पारित गरेको छ ।

त्यस्तै आजको बैठकले सभाअध्यक्ष थापाको अनुपस्थितिमा वैठक सञ्चालनको लागि समिति गठन गरेको छ । समितिमा मिनबहादुर विक, बिद्या भण्डारी, जेबी टुहुरे, आशा चर्तुवेदी, बिक्रम पाण्डे, अकवाल अहमद साह तोकिएका छन । साथै आजको वैठकमा सप्तरी २ बाट एमाओवादी सभासद् चुनिएका अशोककुमार मण्डललाई सभासद्को हैसियतको काम गर्न रोक लगाएको जानकारी गराइएको थियो । हत्या आरोपी मण्डललाई हिजो संबिधानभा अदालतले निलम्बनको गरेको थियो ।

यस पटकको संविधानसभा दुई स्वतन्त्र सभासद्सहित ३० राजनीतिक दलका सभासद्को प्रतिनिधित्व छ । यो संविधानसभामा अघिल्लो संविधानसभामा रहेका २० प्रतिशतबाहेक झन्डै ८० प्रतिशत नयाँ अनुहार रहेका छन् । वैठकमा मन्त्रिपरिषद्ले मनोनयन गर्न बाँकी रहेका २६ बाहेक प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीद्वारा चुनिएका सभासद् लगायत मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरुको सहभागिता रहेको थियो ।  बिधान सभाको दोस्रो वैठक माघ १५ मा बोलाइएको छ ।