बिहिबार, बैशाख १३, २०८१

पर्सा प्रहरीद्दारा डेढ किलो सुन सहित सञ्जिव सर्राफ पक्राउ

 parsa_districtकाठमाडौं पौष २६, पर्सा प्रहरीले डेढ किलो सुन सहित आज बिहान ६ बजे वीरगञ्ज बसपार्कमा हिडिरहेको अवस्थामा एक युवकलाई पक्रेको छ । पक्राउ पर्ने ति युवक जगरनाथपुर९३ वगहीका २२ वर्षीय सञ्जिव सर्राफ भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहक अनुसार अनुसार ३ वटा टुक्रामा रहेको उक्त सुन ज्याकेटमा राखेर सर्राफ इनर्वा नाका हुँदै भारत तर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको बुझिएको छ ।