शुक्रबार, बैशाख १४, २०८१

पत्रकार सम्मेलनमा एमाओवादी कार्यकर्ताबीचनै झडप

पर्सा पौष १७ ,वीरगन्ज स्थित सम्झना होटलमा आज एनेकपा(माओवादी) पर्साका नेता कार्यकर्ताले पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी अध्यक्ष पुष्पकमल parsa_districtदाहाल प्रचण्डले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूची सच्याउनुपर्ने माग सार्वजनिक गर्दै गर्दा अध्यक्ष प्रचण्ड खेमाका युवा कार्यकर्ता सुजित गिरीको नेतृत्वमा आएका जथ्थाले हस्तक्षेप गरी पार्टी नेतृत्वको विरोध गर्नेलाई कुटपिट गरेका छन् ।

पत्रकार सम्मेलनमा भएको हस्तक्षेपकारी कुटाइबाट क्रान्तिकारी पत्रकार संघका पर्सा जिल्ला अध्यक्ष जिल्ला सदस्य लगायतका कार्यकर्ता घाइते भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै पार्टी नेतृत्वले निर्धारण गरेको मापदण्डविपरीत गई अध्यक्ष दाहालले एकलौटी रुपमा समानुपातिकको सूची तयार पारी आयोगमा बुझाएको आरोप लगाउँदै २४ घन्टाभित्र सूची नसच्याइए पार्टी नेतृत्वविरुद्ध कडा आन्दोलन गर्ने तयारीमा समेत भएको बताईएको छ ।