शुक्रबार, बैशाख ७, २०८१

नेपाल र भारतबीचको सम्बन्धलाइ थप सुमधुर बनाउँन साझा दृष्टिकोण बनाउँनु पर्नेमा नेताहरुको जोड

काठमाडौँ माघ १३, छिमेकी राष्ट भारतको ६५ आँैगणतन्त्र दिवसको उपलक्ष्यमा आज राजधानीमा सम्पन्न एक अन्तक्र्रियाका Nepal-India-flageकार्यक्रममा सहभागी नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाल र भारतबीच रहदै आएको विशिष्ट सम्बन्धलाइ थप सुमधुर बनाउँदै नेपालको हितमा कायान्वयन गर्न दलहरूबीच साझा दृष्टिकोण आवश्यक रहेको बताउँनु भएको छ।

त्यस्तै गरि नेकपा एमालेका नेता केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धका प्रसंगमा चर्चा गदै नेपाल–भारतबीच देखिएका समस्यालाई कूटनीतिक ढङ्गबाट समाधान खोजीनु पर्नेमा जोड दिनु भएको छ भने एमाओवादीका नेता राम कार्कीले नेपाल र भारतबीच जनस्तरको सम्बन्ध स्थापित गर्न दुबै देशबीचको राजनीतिक सम्बन्धलाई सुमधुर बनाइनुपर्ने बताउँनु भएको छ ।

कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनी, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल नेपालका लागि भारतीय राजदूत रञ्जित रेले लगायतका वक्ताहरुले नेपाल–भारतबीच परम्परागत बलियो सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच गहिरो सम्बन्ध हुँदा पनि बीचबीचमा विभिन्न समस्या देखिएको भन्दै त्यसलाई कूटनीतिक तवरबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031