बिहिबार, बैशाख १३, २०८१

नेता नेपालले काठमाडौं र बामदेवले वर्दिया छाड्ने

काठमाडौं माघ १७, संविधानसभाको निर्वाचनमा दुई ठाउँबाट जितेका एमालेका दुई नेताले आफु निर्वाचित देई क्षेत्रमध्ये एक क्षेत्र छाड्ने टुंगो लगाएको छ । प्राप्त images (7)bamdaveसमाचार अनुसार संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नंवर २ र रौतहटको क्षेत्र नंवर १ बाट विजयी भएका एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं क्षेत्र नंवर २ छाड्ने तयारी गरेको बुझिएको छ ।समाचार स्रोतका आुसार एमालेको आज बसेको स्थायी कमिटी बैठकले नेता नेपाललाइ काठमाडौं छाड्न लगाउने निर्णय गरेको बताईएको छ ।

त्यस्तै यस्तै एमाले उपाध्यक्ष बामदेव गौतमले वर्दिया क्षेत्र नंवर १ छाड्ने निर्णय गरेको छ । गौतमले गत निर्वाचनमा प्युठान १ र बर्दिया १ बाट विजयी भएका थिए । गत संविधानसभाको चुनावमा चार उम्मेदवारहरु क्रमस एमाले दुएै र काँग्रेसका सभापति कोइराला तथा वरिष्ठ नेता देउवाले दुई क्षेत्रबाट चुनावमा विजयी भएका थिए ।