शुक्रबार, बैशाख ७, २०८१

नियमविपरीत सञ्चालन हुने क्रसर उद्योग बन्द गरिने

 विराटनगर पौष १९ ,मोरङका विभिन्न खोलामा नियमकानुनविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने चेतावनी दिइएको छ ।  मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग असार मसान्तपछि बन्द हुने crusher-machine_ जानकारी दिनुभयो । नेपाल सरकारले गत असोजमा गरेको निर्णयअनुसार नियमविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरिन लागेका हुन् ।

मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । क्रसर उद्योगहरूले प्राकृतिक स्रोत र साधनको व्यापक दुरुपयोग गरेको गुनासो आएपछि अनुगमन समिति गठन गरिएको थियो । प्रहरी प्रमुख, स्थानीय विकास अधिकारीलगायत सरकारी कार्यालयका प्रमुख रहने गरी ‘प्राकृतिक स्रोत साधन अनुगमन समिति’ गठन गरिएको हो ।

समितिले बुधबार ती उद्योगहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मोरङको उत्तरी क्षेत्रमा गछिया खोलामा स्काभेटर, लोडर, डोजर लगायतका भारी उपकरण प्रयोग गरी वन क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन गर्दा ठूल्ठूला खाडलहरू बनाएको फेला परेको थियो । मोरङ जिल्लामा १३ वटा क्रसर उद्योग दर्ता भए पनि सातवटा मात्र सञ्चालनमा रहेको जनाइएको छ ।rss

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031