शुक्रबार, बैशाख १४, २०८१

कालाबजारीलाई कारवाही गर्ने क्रममा खुट्टा नकमाउन सचिव वास्कोटाको निर्देशन

 काठमाडौं माघ १४, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले कालोवजारी गर्ने, सिण्डिकेट र कार्टेल गर्ने, मूल्य सूची टाँस नगर्ने, लेवलमा खुलाउनु पर्ने विवरण नखुलाउने, खाद्य वस्तुमा मिसावट गर्ने, कृत्रिम मूल्य वृद्धि गर्ने, बाँसी खाना खुवाउने, अस्वस्थ्यकर मासु र खाद्यान्न विक्री गर्ने, अखाद्य रंग मिसाउने, तौल घटी वढी गर्ने जस्ता आम उपभोक्ताको हित विपरित हर्कत गर्ने जो कोहीलाई कडा से कडा कारवाही गर्न खुट्टा नकमाउन prashashanवाणिज्य विभागका कर्मचारीलाई निर्देश गर्नु भएको खवर आजको कमाण्डर रा. दैनिकले प्रकाशित गरेको छ । । सोमवार वाणिज्य विभागमा लागू गरिएको क्षतिपूर्ति सहितको नागरिक वडापत्रको प्रभाव मूल्याङ्कन गर्ने क्रममा सो विभागको स्थलगत निरीक्षण गर्दा व्यक्त गर्नु भएको हो । सो निरीक्षण टोलीमा सामान्य प्रशासन मन्त्रालयका सचिव दुर्गानिधि शर्मा, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव रेग्मी र राष्ट्रिय सतर्कता केन्द्रका का.मु. सचिव मधु रेग्मी समेत हुनुहुन्थ्यो ।

संचार उपकरणको पैठारी, सुर्ती आयात, हात हतियारको पैठारी र विना भुक्तानीको सामान पैठारी गर्दा वाणिज्य विभागवाट इजाजत जारी गर्ने काममा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी गरिएको कुरा सचिव वास्कोटाले जानकारी दिनु भयो । उहाँका अनुसार भन्सार विन्दू परिवर्तन, खाना पकाउने ग्यासको आयात इजाजत पत्र, गैर पर्यटकीय व्यावसायिक भिसाको सिफारिस, निकासी इजाजत पत्र, प्राईभेट फर्म, साझेदारी र एजेन्सी दर्ता, नविकरण, संशोधन र खारेजी तथा उपभोक्ता हित र सुपथ मूल्यका पसलको दर्ता र नविकरणमा पनि क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी भएको पाईएको कुरा वताउनु भयो ।

सचिव वास्कोटाका अनुसार गत मंसिर देखि आरम्भ भएको क्षतिपूर्ति सहितको नागरिक वडापत्र अनुसार उक्त विभागले २०७० साउनदेखि हालसम्म विभिन्न ४४५२ वटा इजाजत पत्र जारी गरेको र चालू आ।व।मा २०७० पुष मसान्त सम्ममा रु। ५ करोड ४६ लाख ३ हजार ६४२।८० राजश्व असुली गरेको पाईएको कुरा जानकारी दिनु भयो । साथै अनुगमनको क्रममा हालसम्म प्राईभेट फर्म दर्ताको सिलसेलेवार १ लाख १५ हजार २४२ पुगेको पाईएको कुरा पनि उहाँले वताउनु भयो ।

सचिव वास्कोटाका अनुसार वाणिज्य विभागमा ई–हाजिरी, ई–विलिङ्ग, सिसी क्यामेरा, दर्ता चलानीमा अटोमेटिक नम्वरीङ्ग मेशिनको प्रयोग भएको पाईएको कुरा वताउनु भयो । यस आ।व।मा विभागवाट १२९८ पटक र जिल्ला स्तरमा ३२० पटक वजार अनुगमन भएको पाईएको कुरा पनि उहाँले जानकारी दिनु भयो । चालू आ।व।मा १४३ वटा साझेदारी फर्म दर्ता भएको र २८४ वटा नविकरण भएको रहेछ । यसैगरी ३२ वटा एजेन्सी दर्ता भएको र ५ वटा नविकरण भएको रहेछ । यसैगरी प्राईभेट फर्मतर्फ ३३२९ वटा नयाँ दर्ता भएको १३८५ वटा संशोधन भएको, १६२२ वटा नविकरण भएको र ५६२ वटा खारेजी भएको पाईएको कुरा पनि सचिव वास्कोटाले जानकारी दिनु भयो ।

निरीक्षणका क्रममा सामान्य प्रशासन सचिव शर्माले सो विभागलाई आवश्यकतानुसार दरवन्दी थप गरिने कुरा वताउनु भयो भने वाणिज्य सचिव रेग्मीले काममा कुनै हस्तक्षेप नगरिने कुरा वताउनु भयो । का।मु। सचिव रेग्मीले निर्धक्कसँग काम गर्न आग्रह गर्नु भयो । महानिर्देशक नारायण विडारीले यो वर्ष नेपालभरी कूल २०,५१० पटक वजार अनुगमन गर्ने लक्ष्यका साथ काम गरिरहेको कुरा वताउनु भयो ।