शनिबार, बैशाख ८, २०८१

कार्यालयमा बिचौलियालाई प्रवेश गराए कारबाही गर्ने सचिव वास्कोटाको चेतावनी

कठमाडौे. माघ ७ , प्रधानमन्त्री तथा मन्त्रिपरिषद��� कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले बिचौलियाको प्रभावलाई सरकारी निकायबाट टाढा राख्न निर्देशन दिनुभएको छ सेवाग्राहीको बढ्ता भिड हुने ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय र वाग्मती अञ्चल कार्यालयलगायतको सोमवार prashashanगरिएको अनुगमनका क्रममा उहाँले सेवाग्राहीले उचित सेवा नपाएको गुनासो गरेपछि सरकारी कार्यालयमा सेवाग्राहीभन्दा बिचौलिया हाबी भएको र उनीहरूले अनुचित लाभ लिएको भन्दै आगामी दिनमा पनि त्यस्तो अवस्था देखिए कार्यालयका कर्मचारीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिनुभयो ।

समयमै हुने काम भए गर्न र नहुने भए यस कारण मिल्दैन भन्न निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्दारा आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्मरण रहोस विभागमा सवारी चालक अनुमतिपत्रको दरखास्त स्वीकृति गर्ने काम ३० मिनेटभित्र सम्पन्न गर्न, सवारी कर १५ मिनेटभित्र बुझिलिन, १५ मिनेटभित्रै ब्ल्युबुक नवीकरण गर्न, २० मिनेटभित्र रुट परमिट नवीकरण गर्न र आधा घन्टाभित्र प्रदूषण जाँच गर्ने व्यवस्था रहेकामा सो अवधिमा काम हुन नसके क्षतिपूर्तिसहितको नागरिक बडापत्रअनुसार कारबाही हुने व्यवस्था छ ।

तोकिएको अवधिभित्र सेवा प्रवाह हुन नसके रु २५० देखि रु एक हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था बडापत्रमा उल्लेख छ । कार्यालयमा दैनिक औसत एक सयदेखि दुई सयवटा नयाँ सवारी चालक अनुमतिपत्र जारी हुने गरेको तथा पाँच सयदेखि एक हजार वटा नवीकरण हुने गरेको छ ।