बिहिबार, बैशाख १३, २०८१

काँग्रेस सभापति कोइराला र नेता नेपालबीच भेटवार्ता

image (3) काठमाडौँ पौष २१, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपाएमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज विशेष भएको भेटवार्तामा भएको छ । भेटवार्ताको क्रममा दुई नेतावीच संविधानसभा निर्वाचनपछिको मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन, स्थानीय निकायको निर्वाचन लगायतका प्रसंगमा छलफल भएको बुझिएकोछ । 

त्यस्तै नेता नेपालसंगको भेटमा कांग्रेस सभापति कोइरालाले बाहिर प्रचार गरिएजस्तो एक्लै वा कुनै दललाई बाहिर राखेर अघि बढ्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पार्दै एमालेलगायतका प्रमुख दलहरुबीच सबै विषयमा छलफल गर्न आफ्नो पार्टी खुल्ला रहेको जानकारी गराउँनु भएको बुझिएको छ ।