शनिबार, बैशाख ८, २०८१

काँग्रेस संसदीय दलको नेतामा सभापति कोइराला

 काठमाडौँ माघ १२, नेपाली काँग्रेस संसदीय दलका नेता छनौटका लागि आज भएको निर्वाचनमा पार्टी सभापति सुशील कोइराला निर्वाचित हुनुभएको छ । susilसभापति कोइरालाले कुल १०५ प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी वरिष्ठ नेता शेरबहादुर देउवाले ८९ मत पाउनुभएको थियो । सभापति कोइराला र नेता देउवाको मतअन्तर १६ रहेको निर्वाचन समितिले जनाएको छ । 

संसदीय दलका नेता चुनिनु भएपछि नेता कोइरालाले लोकतान्त्रिक पद्धतिबाट मतदान सम्पन्न भएको प्रतिक्रिया दिँदै पार्टीलाई आपूmले एकता, सहमति र सहकार्यको प्रक्रियाबाट एकढिक्का बनाएर लैजाने बताउनुभयो । निर्वाचनमा काँग्रेसको प्रत्यक्ष र समानुपातिक सबै अर्थात् १९४ सभासद्ले संसदीय दलको चुनावमा भाग लिएका थिए ।