शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसको सहमतिय सरकार गठनको प्रस्तावमा एमाले सकारात्मक

 काठमाडौं माघ १३, सहमतिय सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच आज छलफल भएको छ । आजको छलफलमा दुवै दलका शीर्ष nc & umlनेताबीच राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनलगायत एजेन्दा अन्र्तगत ६ महिना भित्र स्थानीय निकायको निर्वाचन र एक बर्षभित्र संबिधान जारी गर्ने लगायतका विषयमा छलफल भएको बुझिएको छ । 

छलफल पछि एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिले आह्वान गरेबमोजिम आफ्नो नेतृत्वमा सरकार गठनका लागि काँग्रेसले प्रस्ताव राखेको बताउँदै त्यसमा एमाले सहयोग गर्न सकारात्मक रहेको अभिव्यक्ति सहित सहकार्यको लागि काँग्रेसबाट आधिकारिक पत्रको अपेक्षा गरिएको र त्यसपछि पार्टीमा छलफल गरिने जानकारी संचारकमीहरुलाई दिएका छन ।