बिहिबार, बैशाख १३, २०८१

काँग्रेसका ३ शीर्ष नेताबीच विशेष छलफल,भोलि केन्द्रीय सदस्य र सभासदहरुसंग छलफल गर्ने

काठमाडौ पौष २४, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् पार्टीको आन्तरिक स्थितीलाई लिएर नेपाली काँग्रेसका तीन शीर्ष नेताहरु क्रमस सभापति कोइराला, वरिष्ठ नेता nc-jhanda2-300x187शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच कोइराला निवास महाराजगन्जमा आज साँझ काँग्रेसको नेतृत्वमा सरकार गठन लगायतका अन्य विषयमा विशेष छलफल भएको छ ।  शीर्ष नेताहरुवीचको यो छलफल आफैमा अर्थपूर्ण भएको र खासगरी मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्ने भूमिका र सरकारमा जाँदा पार्टीको तर्फबाट कसले नेतृत्व लिने भन्नेबारेमा उहाँहरुवीचको छलफल भएको बताईएको छ।  

यसैबीच भोलि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिद्वारा गठित ‘संविधान निर्माणसम्बन्धी सुझाव समिति’द्वारा एक वर्षभित्र संविधान निर्माण गर्न संविधानसभाको कार्यविधि सम्बन्धमा कांग्रेसका पदाधिकारी एवम् सदस्य र नवनिर्वाचित संविधानसभाका सदस्यहरुसँग छलफलको कार्यक्रम तय भएको मुख्य सचिव चीनकाजी श्रेष्ठले बताउँनु भएको छ ।