बिहिबार, बैशाख १३, २०८१

ऐतिहासिक महत्वको गोरु जुधाइ मेलाकालागि १९ हल गोरु दर्ता

 नुवाकोट पौष २६, हरेक वर्ष माघे सङ्क्रान्तिको दिन तारुका–५ चन्दनीको बारीको ठूलो पाटोमा जुधाइँदैआएको ऐतिहासिक महत्व बोकेको गोरु जुधाइ मेला यस वर्ष एकै स्थानमा goruआयोजना गरिने भएको छ ।   गत वर्ष राजनीतिक दलको विवादका कारण दुई स्थानमा जुधाएको भए पनि यस वर्ष किसानहरु आफैँले आयोजक समिति बनाएर एकै स्थानमा पर्व मनाउन लागेको प्राप्त समाचारमा जनाएको छ । त्यस्तै मेलाको लागि अहिलेसम्म १९ हल गोरु दर्ता भएको उल्लेख गर्दै गोरु जुधाइ मेलाको लागि रेशमलाल श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय मेला आयोजक समिति गठन गरिएको जनाएको छ ।