शुक्रबार, बैशाख १४, २०८१

आजको सहिद स्मारक क श्रेणीको लिगमा मनाङ र फ्रेण्ड्स विजयी

 काठमाडौँ पौष २९, राजधानीमा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले मच्छिन्द्र क्लबलाई १–० ball  (1)गोलअन्तरले पराजितगर्दै विजयी भएको छ । आजको जित संगै मनाङ मस्याङ्दीले १२ अङ्कका साथ शीर्ष स्थानमा पुग्न सफल भएको छ भने आजै भएको दोस्रो खेलमा फ्रेण्ड्सले त्रिभुवन आर्मी क्लबलाई १–० ले नै हराएको छ । खेलमा फ्रेण्ड्सलाई विजयी गराउन अफ्रिकी खेलाडी मार्टिन्सले २८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि फ्रेण्ड्स लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

क श्रेणीको लिग अन्तर्गत भोलिका खेलहरुमा हिमालयन शेर्पा र थ्रीस्टार क्लब त्यस्तैगरि संकटा र सरस्वती क्लब भिड्ने छन् ।