बिहिबार, बैशाख १३, २०८१

अव गठन हुने संविधानसभा राष्ट्रिय सहमतिको बाधक : गुरुङ

 काठमाडौँ पौष १७,राजधानीमा आज संवाद क्लब नेपालद्वारा दलका आन्तरिक विवाद, अन्योलमा संविधानसभा बैठक र राजनीतिक निकास तथा सरकार dave g गठनका मुद्दा विषयक बृहत अन्तक्र्रियामा आफ्नो अभिव्यक्ति राख्दै नेकपा माओवादीका नेता देव गुरुङले बृहत शान्ति सम्झौताको अस्तित्व बाँकी छ भने सरकार तथा राजनीतिक दल नयाँ सम्झौताका लागि तयार हुन पर्ने भन्दै अहिले गठन हुन लागेको संविधानसभा राष्ट्रिय सहमतिको बाधक भएको बताउनुभएको छ । 

त्यस्तै नेपाली काँग्रेसका नेता डा। नारायण खड्काले देशमा राजनीतिक निकासका लागि काँग्रेस गोलमेच सम्मेलनका लागि तयार रहेको बताउँदै विवादित मुद्दामा जनमत सङ्ग्रह गरिनु पर्ने धारण राख्नु भएको थियो । प्रस्तुत अन्तक्र्रियाका अर्का वक्ता मा नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्ण विष्टले नेकपा– माओवादीसहित असन्तुष्ट दललाई संविधान निर्माण प्रक्रियामा कसरी सहभागी गराउनतर्फ राजनीतिक दल गम्भीर हुनुपर्ने अभिव्यक्ति सहित सवैको सहमतिमा संविधान बनाउँन सके त्यो फलदायि हुँने बताउँनु भएको थियो भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीहरू पार्टी जस्तो नभएर मोर्चाको जस्तो व्यवाहर देखाउँदा समस्या झन बल्झिएको बताए ।