बिहिबार, चैत्र १५, २०८०

अपाङ्ग महासङ्घको काठमाडौंमा जारी आन्दोलन ४८ घन्टाका लागि स्थगित

  काठमाडौँ पौष २६ संविधानसभा सदस्यमा मन्त्रिपरिषद्द्वारा मनोनयन हुने २६ जनामा कम्तीमा चार अपाङ्गलाई समावेस गर्नु पर्ने माग सहित आन्दोलनरत राष्ट्रिय अपाङ्ग महासङ्घले जारी आन्दोलनलाई ४८ घन्टाका लागि स्थगन गरेको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वार्ताका लागि महासङ्घका पदाधिकारीलाई आह्वान गरेपछि आन्दोलन स्थगन गरिएको महासङ्घका महासचिव टीका दाहालले जानकारी दिनुभयो । उहाँले जिल्लास्तरका आन्दोलन भने जारी नै रहेको बताउनुभयो ।