मङ्लबार, बैशाख ४, २०८१

अख्तियारद्दारा घुसखोरीको अभियोगमा अनुदान आयोगका वरिष्ठ सहायक विरुद्ध मुद्धा दायर

 काठमाडौँ माघ १०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विश्वविद्यालय अनुदान आयोगका वरिष्ठ सहायक विष्णुबहादुर खड्काविरुद्ध रु १५ हजार घुस akhtiyar officreलिएको अभियोगमा हदैसम्मको सजायको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

बागलुङको निसीभुजी जनता क्याम्पसको भवन निर्माणका लागि आयोगबाट रकम निकास गराइदिएबापत उक्त क्याम्पसका प्रमुखबाट उक्त रकम लिँदैगर्दा गत साता आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निज खड्काविरुद्ध मुद्दा दायर गरेको आयोग सम्वद्धस्रोतले जनाएको छ ।