शुक्रबार, माघ २०, २०७९

सांस्कृतिक परम्परा संरक्षणकालागि सरकारी प्रयास जरुरी : सभासद जोशी

 काठमाडौँ माघ ६, नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको विश्व सम्पदा संरक्षण तथा सम्वद्र्धन विषयक अन्तक्र्रिया कार्यक्रममा विश्व सम्पदा तथा सांस्कृतिक परम्पराहरुको nr joshi संरक्षण तथा प्रवद्र्धन गर्नसके मात्र पर्यटन विकासमा सहयोग पुग्ने पर्यटन व्यवसाय सम्वद्ध व्यक्तिहरुले बताएका छन् ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका सभासद् नवीन्द्रराज जोशीले पुरातत्व वस्तुहरुको संरक्षण र प्रचार–प्रसार गर्न सकेमा पर्यटन व्यवसायमा सहयोग पुग्ने भएकाले सम्पदाको नजिकको व्यक्तिलाई त्यसको संरक्षण गर्ने जिम्मा दिनुपर्ने सुझाव सहित सामाजिक परम्परा र संस्कृतिलाई संरक्षण गर्न सरकारीस्तरबाट प्रभावकारी कार्यक्रमको संचालन गरिनु जरुरी रहेको बताउँनु भएको छ । त्यस्तै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव भरत सुवेदीले नेपाली संस्कृति तथा परम्परा हराउन थालेकाले त्यसको संरक्षण गर्न सबै पर्यटन व्यवसायी जागरुक हुनु आवश्यक रहेको पक्ष प्रति जोड दिनुभएको थियो ।