काठमाडौँ पौष २१, राजधानीमा जारी सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजभएको पहिलो खेलमा थ्रिस्टार क्लवलाई २-० ले पराजित गर्दै जावलाखेल युथ क्लव विजयी भएको छ भने र दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफले पनि २-० गोलअन्तरमा ब्वाइज युनियनलाई हराएको छ । भोलिको पहिलो खेल मनाङ र हिमालयन शेर्पा वीच हुनेछ भने दोस्रो खेल आर्मीले सरस्वती क्लवसँग खेल्नेछ ।