सोमवार, अशोज ८, २०८०

सहमतीय सरकार गठनका लागि कांग्रेसले आजदेखि औपचारिक पहल सुरु गर्ने

 काठमाडौं माघ १३, नेपाली काँग्रेसले सहमतीय सरकार गठनका लागि आजबाट औपचारिक पहलको थालनी गर्ने भएको छ । आइतवार राष्ट्रपति डा. रामवरण BP_smriti_bhawan_Nepali_congressयादवलेसरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् । राष्ट्रपति यादवले संविधानको धारा ३८ को उपधारा १ बमोजिम राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयनका लागि माघ १९ सम्मको समयसीमा तोकी सहमतीय सरकार गठनका लागि आह्वान गर्नुभएपछि ठूलो दलको हैसियतमा आजैदेखि काँग्रेसले पहल थाल्ने तयारी गरेको सम्वद्धस्रोतले जनाएको छ। काँग्रेसका नेता रामशरण महतले सहमतीय सरकार गठनका लागि आजै नेकपा एमाले र एकीकृत नेकपा माओवादीसँग छलफलको तयारी भइरहेको बताउनुभयो ।

यसवीचमा सहमतीय सरकार गठनका लागि निर्धारण गरिएको समयसिमा भित्र सहमति हुन नसकेमा संविधानको धारा ३८ (२) बमेजिम व्यवस्थापिका संसदबाट बहुमतको आधारमा सरकार गठनको प्रक्रिया प्रारम्भ हुने छ । कांग्रेसले सकेसम्म सहमतीय सरकार गठनको पहल गर्ने र त्यसो नभए मात्र बहुमतीय प्रक्रियामा जाने सोच बनाएको बुझिएको छ। आइतवार व्यवस्थापिका संसदको बैठकमा बोल्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्रले एमाओवादी सरकारमा नजाने उद्घोष गरिसकेका कारण काँग्रेसले सरकार ठगनकालागि छलफल एमालेसंग विशेष पहल गने देखिएको छ ।