मङ्लबार, जेष्ठ २३, २०८०

सहमतिय सरकार गठनका लागि काँग्रेसले आज एमाओवादीसँग विशेष छलफल गर्ने

 काठमाडौं माघ १४, सहमतिय सरकार गठनका लागि नेपाली काँग्रेसले सोमवार नेकपा एमाले संग गरको छलफल पछि आज एनेकपा माओवादीसँग छलफल susil & prachandaगर्ने तयारी गरेको छ । एमाओवादी नेतृत्वसंग पनि विशेष छलफल गर्ने तयारी गरेको काँग्रेस सम्वद्धस्रोतले जनाएको छ । स्रोतका अनुसार यसअघि एमाओवादीले आफुहरु सरकारमा सहभागि नहुने बताएपनि आजको भेटवार्ताले कस्तो निष्कष पहिल्याने हो आफैमा अर्थपूर्णहुने भन्दै प्रस्तुत छलफललाई महत्वपूर्णरुपमा हेरिएको दावी गरिएको छ । त्यस्तै स्रोतका अनुसार एमाओवादीसँगको वार्तापछि काँग्रेसले दोस्रो चरण अन्तगत आजै एमालेसँग फेरि अर्को छलफल गर्ने तयारी रहेको बुझिएको छ । 

व्यवस्थापिका संसदको बैठक सुरु भएकै दिन राष्ट्रपति डा रामवरण यादवले माघ १९ गतेभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएपछि सहमतीय सरकार गठनका लागि काँग्रेसले दलीय सहमतिका लागि सोमवादेखि छलफलको सुभारम्भ गरेको बताउँदै काँग्रेस महामन्त्री प्रकाशमान सिंहले आज संसदको बैठक सकिए लगत्तै एमाओवादीसँग छलफल हुने बताउनुभएको छ । महामन्त्री सिंहले काँग्रेसले एमाले र एमाओवादीलाई सँगै लिएर सरकार बनाउने प्रयास जारी राखेको बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031