मङ्लबार, जेष्ठ २३, २०८०

सम्पूर्ण स्वास्थ्यकर्मीलाई राजिनामा गर्न चिकित्सक संघकोआह्वान, माग पूरा नभएसम्म अनशन यथावत

काठमाडौं माघ ८, नयाँ डिन नियुक्तीको विरोधसहित सात बुँदे माग राखेर त्रिवि शिक्षण अस्पतालका चिकित्सक केसी १२ दिनदेखि आमरण अनशनमा बस्दै आउँनु भएका नेपाल चिकित्सक संघले त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीको अनशनमा समर्थन जनाउँदै प्रा. डा. गोविन्द केसीको मागलाई सम्बन्धित निकायले सुनुवाइ नगरेको भन्दै सङ्घले चिकित्सक र  स्वास्थ्यकर्मीलाई राजिनामा गर्न  सार्वजनिक रुपमा आह्वान गरेको हो ।    image

आज शिक्षण अस्पताल परिसरमा आयोजित समथनसभामा बोल्दै संघ अध्यक्ष अन्जनी झाले देशभरका चिकित्सकलाई राजिनामा गर्न आह्वान गरेको हो ।  त्यस्तै अध्यक्ष झाले माग पूरा गराउन सरकार उदासित भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिनुको अलावा प्रस्तावित माग पूरा गर्न दबाबस्वरुप संघले देशभरका स्वास्थ्य संस्थामा ईमर्जेन्सीबाहेकको सेवा ठप्प पारेको छ ।

यसैवीच अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले त्रिवि कार्यकारी परिषद्लाई नयाँ नियुक्त गरिएका डिन शशि शर्मालाई हटाउन निर्देशन दिएको बताएका छन् । केसीलाई भेट्न मंगलबार साँझ अनशनस्थ पुगेका रेग्मीलाई केसीले आफ्नो सबै माग पूरा नभएसम्म अनशन नतोड्ने जवाफ दिएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031