काठमाडौँ पौष १७ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा समाज कल्याण परिषद्का तत्कालीन कोषाध्यक्ष मनरुप शाही, नयाँ
कर्णाली विकास केन्द्रका अध्यक्ष परेकबहादुर शाही, उपाध्यक्ष अंगबहादुर लामा र कोषाध्यक्ष गोपालबहादुर रावतबिरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।
आयोगले समाज कल्याण परिषद् कार्य सञ्चालन समितिको निर्णय विपरीत सार्वजनिक संस्थाबाट प्राप्त सुविधा र अधिकारको दुरुपयोग गरी नयाँ कर्णाली विकास केन्द्रलाई एकमुष्ट रुपमा रु।२५ लाख उपलब्ध गराएकाले बिगो बराबरको उक्त रकम तत्कालीन कोषाध्यक्ष शाहीबाट असुलउपरको माग दाबी गर्दै अदालतमा आज मुद्दा दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।