बिहिबार, मंसिर १४, २०८०
Dashain

संविधानसभा बैठक, कार्यव्यवस्था समितिमा मनोनयन

  काठमाडौँ माघ १५ ,   अपराह्न १ बजेको समयसिमा निर्धारित गरिए पनि एक घण्टा ढिलो सुरु भएको संविधानसभाको आजको बैठकमा ज्येष्ठ सदस्य सूर्यबहादुर व्यवस्थापिकाथापाले कार्य व्यवस्था परामर्श समितिका सदस्यको नाम मनोनयन गरेको व्यहोरा जानकारी गराउनुभएको छ । 

कार्यव्यवस्था समितिमा मनोनयन हुनुभएका सभासद चीनकाजी श्रेष्ठ, भीमप्रसाद आचार्य, कृष्णबहादुर महरा, वृजेशकुमार गुप्ता, सञ्जयकुमार साह, अमेन्द्र थाम्सुहाङ, दिलबहादुर नेपाली, जयदेव जोशी, प्रेम सुवाल, शिवलाल थापा, नरेन्द्र साह, चित्रबहादुर केसी, विसेन्द्र पासवान, रुक्मिणी चौधरी, पैमबहादुर सिंह, हरिचरण साह, सरिता यादव, राजकुमार राई, कुमार खड्का, लोकमणि ढकाल, मेघराज नेपालीलगायत हुनुहुन्छ ।  

त्यस्तै आजको बैठकमा अघिल्लो संबिधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्ने प्रस्ताव पेश गर्न खोज्दा  प्रस्तुत प्रस्ताव  प्रक्रिया नपुर्‍याई  पेश गर्न नमिल्ने भन्दै राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले विरोध जनाएपछि उक्त प्रस्ताव पेश हुँन सकेनन ।  संविधानसभाको अर्को बैठक यही माघ २२ गते बुधबार बिहान ११ बजे बस्ने कार्यक्रम रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031