शनिबार, अशोज ६, २०८०

संविधानसभाबाट प्राप्त उपलब्धीको रक्षा गर्दै एक वर्षभित्रै संविधान जारी गर्न दलहरुलाई राष्ट्रपति यादवको आग्रह

काठमाडौं पौष २३ , विद्यमान यावत अवरोधका वीचपनि सफलतापूर्वक संविधानसभाको चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रपति कार्यालयले आज शीतल निवासमा त चियापान कार्यक्रमको आयोजनागर्नु भएको छ । चियापान कार्यक्रममा राष्ट्रपति यादवले विघटित संविधानसभाबाट प्राप्त उपलब्धीको रक्षा गर्दै एक वर्षभित्रै संविधान जारी गर्न राषटदलहरुलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै निर्धारीत समयमा संबिधान दिने जिम्मेवारी अब पुनः दलहरुको काँधमा आएको छु, आफ्नो लिखित मन्तव्यका क्रममा राष्ट्रपति यादवले आगामी एक वर्ष भित्रमा नयाँ संविधान जारी गर्ने तथा स्थानीय निकायको निर्वाचन गर्ने भनी चुनावका बेला आम मतदाता सामु गरेको वचनबद्धतालाई विशेष रुपमा सम्झन नयाँ संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गर्नु भएको हो । पहिलो संबिधान सभाले संबिधान दिननसकेकोमा दुद व्यक्त गर्दै  गणतन्त्रात्मक शासनको जग बसाउने ऐतिहासिक काम गरेको र लडाकु र हतियार व्यबस्थापन गरी शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन भएको योगदानप्र आफैमा   सकारात्मक रहेको बताउँनु भएको छ । साथै उहाँले सफलतापूर्वक चुनाव सम्पन्न गरेकोमा सरकार र उत्साहपूर्वक मतदानमा सहभागी भएकोमा नेपाली जनताप्रति हार्दिक आभार ब्यक्त  गर्नुभएको छ ।  चियापानमा उपराष्ट्रपति, मन्त्रिपरिषदका अध्यक्ष, संवैधानिक निकायका प्रतिनिधि, विभिन्न दलका नेता तथा सुरक्षा निकायका प्रमुख र विदेशी कुटनीतिक नियोगका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031