काठमाडौँ माघ १५ ,व्यवस्थापिका संसदको आजको बैठकमा विभिन्न चारवटा अध्यादेश पेस भएका छन् । गृहमन्त्री माधवप्रसाद घिमिरेले सुपुर्दगी अध्यादेश, २०६९, पूर्व पदाधिकारीहरूको सुविधा तथा सुरक्षासम्बन्धी अध्यादेश, २०६९, सङ्गठित अपराध निवारण अध्यादेश, २०६९ र नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०६९ पेस गर्नुभयो । व्यवस्थापिका संसदको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।