काठमाडौं पौष१८, जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका विभिन्न होटल तथा लजमा यौन धन्धा हुने गरेको सूचनाको आधारमा चेक जाँच गर्दा गएराति ३५ जोडीलाई आपत्ती जनक अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रहरी निरीक्षक जमुनाकुमारी बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती जोडीलाई रङगेहात पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेहरुमा सबै पुरुष भारतीय रहेका छन्भने महिलाहरु न्ेपाली रहेको प्रहरीले जनाएको छ ।