मङ्लबार, जेष्ठ २३, २०८०

वरिष्ठ नेता देउवाले भने- सहमति नभए उम्मेदवारी

 काठमाडौँ माघ १०, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राजधानीको बानेश्वरमा डाक्नुभएको काँग्रेसका सभासद्को भेलालाई सम्बोधन गदै shear b.dपार्टीभित्र अन्तिम समयसम्म आफू सहमतिको प्रयासमा गर्ने र केही लागेन भने आइतवार हुने संसदीय दलको निर्वाचनका लागि शनिवार आफुले पनि उम्मेद्वारी दर्ता गर्ने बताउँनु भएको छ ।

नेतात्रय वीच दलको नेताका लागि यसवीचमा पटक पटक सहमतिको प्रयास भएपनि अझै सहमति हुन नसकेपछि तीनै नेताले केही दिनयता पार्टीका सभासद्लाई बेग्लाबेग्लै भेला गरेर आफ्नो आवश्यकता प्रष्टायाउँने काम गदै आईरहनु भएको अवस्था छ । नेता देउवालाई कार्यबाहक सभापतिको जिम्मा दिए दलको नेता बन्ने दौडबाट बाहिरिने सभावना रहेको भेला पछि एक सभासदले बताएका छन । स्मरण रहोस काँग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री हुने प्रावधान भएका कारण दलको नेताको लागि पार्टी सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेल तीनजनाले दलको नेतामा दावी प्रस्तुत गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031