शनिबार, अशोज ६, २०८०

लागुऔषध कारोबारका गिरोह पक्राउ

drugs
फाइल फोटो

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत पुस ३० गते काठमाडौँ सामाखुसी चोकबाट बुप्रिनर्फिन र डाइजेपाम एक हजार ८०० सहित उदयपुर पञ्चावती–३ घर भई हाल बसुन्धरा बस्ने ५५ वर्षीय सूर्यबहादुर केसीलाई पक्राउ गरिएको बताइएको छ । यस्तै गत पुस २९ गते मकवानपुर निबुवाटार–१ घर बताउने २१ वर्षीय रमेश सशाङ्करलाई नियन्त्रित लागुऔषध ब्रुपिनर्फिन (नुर्फिन) एक हजार तीन सय ५० एम्पुल, डाइजेल्याब ९५० एम्पुलसहित काठमाडौँको जडीबुटी चोकबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही दिन काठमाडौँ चमती घर बताउने ४० वर्षीय त्रिरत्न खड्गीलाई बु्रपिनर्फिन (नुर्फिन) ५० एम्पुल र लिपोस १५० एम्पूलसहित डल्लुबाट र पुस २८ गते ललितपुर उपमहानगरपालिका–९ घर बताउने ३१ वर्षीय राजेन्द्र महर्जनलाई बु्रपिनर्फिन २७ एम्पुल, लिपोस (डाइजेपाम) २७ एम्पुलसहित काठमाडौँको शङ्खमूलबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रतापसिंह थापाले अभियुक्त केसीले कारागारबाट छुटेपछि काठमाडौँ उपत्यकासहित पोखरामा सहयोगीमार्फत लागुऔषध कारोबार गर्दै आएको तथा भारतको रक्सौल नाकाबाट लागुऔषध खरिद गर्ने गरेको जानकारी दिनुभएको थियो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031