आइतवार, जेष्ठ १४, २०८०

राष्ट्रपतिद्वारा संविधानसभाको पहिलो बैठक आह्वानको व्यवस्था मिलाउन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको ध्यानाकर्षण

 काठमाडौँ पौष २७, राष्ट्रपति डा रामवरण यादवले  नेपालको अन्तरिम संविधानको भावना, संवैधानिक व्यवस्था, विगतको राष्ट्रिय संवैधानिक अभ्यास तथा अन्तर्राष्ट्रिय press rilijसंवैधानिक प्रचलनलाई समेत मनन गर्दै यथाशीघ्र संविधानसभाको पहिलो बैठक आह्वान गर्ने सम्बन्धमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको ध्यानाकर्षण गराउनुभएको छ ।

आज साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी निर्वाचन आयोगबाट संविधानसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा राष्ट्रपतिसमक्ष पेस भइसकेको र आयोगले अन्तिम निर्वाचन परिणाम सार्वजनिक गरेको २१ दिनभित्र नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६९ मा संविधानसभाको बैठक आह्वान गर्ने सम्बन्धमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराउनुभएको हो ।

त्यस्तै विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६ क मा अन्तर्निहित भावनामुताबिक संविधानको धारा १५८ बमोजिम गत चैत १ गते जारी भएको बाधा अड्काउ फुकाउने आदेश व्यवस्थापिका–संसद्को बैठक बसेको एक महिनाभित्र अनुमोदन गराई पूर्णता दिनुपर्ने यथार्थ बिर्सन नहुनेमा जोड दिइएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६क मा भएको राष्ट्रपतिसम्बन्धी व्यवस्थामा “नेपालमा एक जना राष्ट्रपति रहने, राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष हुने र सोही हैसियतमा यो संविधान र प्रचलित कानुनबमोजिम निजले आफ्नो कार्य सम्पादन गर्ने तथा संविधानको संरक्षण र पालना गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख गरिएको छ, ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031