शुक्रबार, मंसिर १५, २०८०
Dashain

राजनीति स्वच्छ र स्वतन्त्र नभए देशको अर्थतन्त्र पनि स्वच्छ र स्वस्थ हुँदैन : नेता नेपाल

  काठमाडौँ पौष २७, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल निर्माण सामग्री व्यापार सङ्घले आज राजधानीमा नेता नेपालको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार चयनमा ढिलाइ र संविधानसभा बैठक कसले बोलाउने भन्ने विवादका कारण व्यर्थै समय खेर जानुको अलावा यसले गर्दा एक वर्षभित्रै संविधान जारी  गर्न ठूलो चुनौती सिर्जना भएको बताउनुभएको छ ।
त्यस्तै नेता नेपालले आफ्नो सम्बोधनको क्रममा अहिलेनै यस्तो अलमल वातावरणको अवस्था सिर्जना हुनु भनेको भोलि सरकार गठन र शक्ति बाँडफाँडमा पनि देखिने थप विवादको परिसूचक भएको बताउँदै मुलुकको राजनीति स्वच्छ र स्वतन्त्र नभए देशको अर्थतन्त्र पनि स्वच्छ र स्वस्थ नहुने उल्लेख गर्दै त्यसका लागि शान्ति र राजनीतिक स्थायित्व अत्यावश्य भएको बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष अचुतम् केसी र सङ्घका काठमाडौँ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालले अव्यावहारिक कर प्रणाली तथा दलका कार्यकर्ताको धम्की र चन्दा आतङ्कबाट व्यवसायी प्रताडित भएको गुनासो गर्नुभएमने थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031