बिहिबार, मंसिर १४, २०८०
Dashain

मुलुकलाई आर्थिक क्रान्तिको दिशामा अग्रसर गराउँन जरुरी : अर्थमन्त्री कोइराला

 काठमाडौँ माघ ७, कृषि विकास बैंकको ४७ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शङ्कर  कोइरालाले विधानसभाको निर्वाचन सम्पन्न गर्ने दायित्वलाई वर्तमान सरकारले पूरा गरिसकेकाले अब मुलुकलाई संविधान दिनुको अलावा आर्थिक क्रान्तिको दिशामा अग्रसर गराउन राजनैतिकदलहरुले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै मन्त्री कोईरालाले आर्थिक वृद्धिदर बढाइ जनताको जीवनस्तर सुधार्न कृषिको फराकिलो आधार आवश्यक भएको जिकीर गर्दै बैंकले सरकारले लिएको आयतमुखी अर्थतन्त्रलाई कम गरी निर्यातमुखी बनाउन एक सारथीको रूपमा काम गरिरहेको बताउँदै उहाँले पूर्वअध्यक्ष, महाप्रबन्धक तथा प्रमुख कार्यकारी अधिकृतहरू श्रीकृष्ण उपाध्याय, देवेन्द्रप्रताप शाह, रामचन्द्र महर्जन, श्यामसिंह पाण्डेलगायतलाई सम्मान गर्नुका साथै २५ वर्षे दीर्घसेवा पदकबाट १०७ जनालाई पुरस्कृत गर्नुभएको थियो ।

वार्षिकोत्सव समारोहोमा नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले,बैंकर्स एसोसियसनका अध्यक्ष राजनसिंह भण्डारी,बैंकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकी लगायतका वक्ताहरुले बैकको गतिविधीका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा बैंकको अधिकृत पुँजी रु १३ अर्ब, चुक्ता पुँजी रु नौ अर्ब ६३ करोड ६८ लाख पुगेको, रु एक अर्ब ३३ करोड सञ्चालन मुनाफा तथा दुई अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको जानकारी गराईएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031