काठमाडौं माघ ५,व्यवस्थापन र समाचारकक्ष बीचमा विवाद भएपछि माउन्टेन टेलिभिजनका समाचार प्रमुख सहित समाचार कक्षमा काम गर्ने १२ पत्रकार बाहिरिएका छन । समाचार प्रशारणको प्रसंगमा भएको विवादका कारण माउन्टेन टेलिभिजनको समाचार कक्षका पत्रकारहरु वाहिरिएको बताइएको छ । समाचार प्रमुख सहित ८ पत्रकारले एकमुष्ट राजीनामा दिएको ४ दिन नवित्दै थप चार जनाले विहीबार राजीनामा दिएका छन् । टिभीबाट निर्देशक समेत रहेका समाचार प्रमुख केदार कोइराला सहित ८ पत्रकारहरु खिला कार्की, निरज खतिवडा, शिवराज योगी, प्रेम गौतम, प्रभात देवकोटा, अनुप आचार्य र प्रमोद न्यौपानेले गत मंगलबार राजीनामा दिएको बुझिएको छ । त्यस्तैगरि रोहित भण्डारी, रचना रायमाझि, भागवत भटट्राई र हरिसरण न्यौपानेले लगायतका पत्रकारहरुले पनि टेलिभिजन व्यवस्थापनले अनावश्यक रुपमा समाचार कक्षमा हरुतक्षेप गरेको भन्दै आफुहरुले संयुक्त रुपमा राजीनामा दिएर वाहीरिएको बुझिएका छ ।