मङ्लबार, अशोज १६, २०८०

महासंघले गैर पत्रकारहरूलाई सदस्यता वितरण गरिए त्यस्ता सदस्यहरूलाई निर्वाचनमा सहभागी हुन नदिने

  काठमाडौंपौष २८, शनिवार राष्ट्रिय सञ्चारकर्मी मञ्चको सम्पन्न सचिवालयको बैठकले नेपाल पत्रकार महासंघमा विभिन्न राजनीतिक भातृ संघ संगठनहरूको चलखेलमा गैर ls lamaपत्रकारहरूलाई नयाँ सदस्यता वितरणएवम् आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई ध्यानमा राखेर विशेष छलफल गरेको छ । छलफलमा गैर पत्रकारलाई दिएको सदस्यताको छानविन गर्ने र छानविन पछि शुद्धिकरणका लागि महासंघलाई दबाब दिने, महासंघको निर्वाचनमा उपत्यका लगायत विभिन्न शाखाहरूमा उम्मेदवारी दिने, राष्ट्रियताको सवालमा एजेण्डा मिल्ने उमेदवार र संगठनसँग कार्यगत एकता गर्न सकिने निर्णय भएको मञ्च सचिवालयका सचिव दिपक जलनले जनाएका छन ।

साथै महासंघमा गैर पत्रकारहरूलाई सदस्यता दिएको पाइएमा राष्ट्रिय सञ्चारकर्मी मञ्चले त्यसको विरोध गर्ने, त्यस्ता सदस्यहरूलाई निर्वाचनमा सहभागी हुन नदिने, सदस्यहरूबाट केन्द्रीय पार्षद चुन्न नदिने लगायत विषयमापनि व्यापक छलफल भएको जानकारी दिदै मञ्चको पहलमा क्रान्तीकारी महासंघको अगुवाइमा पत्रकारहरूको विशेष टोली निर्माण गर्ने सम्बन्धमा पनि नितिगत निर्णय भएको राष्ट्रिय सञ्चारकर्मी मञ्चले जनाएको छ । बैठक मञ्चका संयोजक एलएस लामाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031