बिहिबार, मंसिर १४, २०८०
Dashain

महानगरपालिकाले महानगरबासीलाई लोडसेडिङमा राहत दिन उज्यालो काठमाडौं कार्यक्रम दिने

काठमाडौं पौष २९ ,काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रम सार्वजनिक गर्ने भएको छ। लोडसेडिङको मारबाट जोगिन महानगरबासीलाई यस्तो सुविधा दिन kmc officeलागिएको हो। कामपाको २३औं महानगरपरिषद्को अवसरमा  महानगरले जनसहभागिताको आधारमा टोल विकासका लागि सोलार बत्ती जडान कार्यक्रम सार्वजनिक गने तयारी गरेको नेपाल समाचार पत्रमा इश्वर ढकालको वाइलाइनमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उज्यालो कार्यक्रमले महानगरबासीलाई लोडसेडिङमा ठूलो राहत दिने विश्वास नगरपरिषद्ले लिएको छ। एक वर्षभित्रै स्थानीय निकायको निर्वाचन हुने अपेक्षा राख्दै कामपाले उम्मेदवारले छनोट गर्ने योजनाहरूलाई परिषद्मा समावेश गरिएको छ। मेयरदेखि वडा अध्यक्ष र सदस्यले समेत महानगरको मूल्याङ्कन गर्ने गरी सधैंको र सबैका लागि हुने गरी योजना छनोट गरेको महानगरको दाबी रहेको उल्लेख गरिएको छ । परिषद् हुनु करिब चार दिनअघि राजधानीबाट विजयी सभासद्सँगको अन्तक्र्रियापछि कामपाले निर्वाचन उन्मुख योजना अघि बढाएको हो। विशेष गरी निर्वाचन लक्षित कार्यक्रमलाई प्राथमिकताको सूचीमा राखिएको छ। कार्यकारी अधिकृत लक्ष्मण अर्यालले राजधानीबाट विजयी सभासदसँगको छलफलपछि नयाँ योजना समावेश गर्ने जनाएपछि निर्वाचनपछि विजयी जनप्रतिनिधिले छनोट गर्नसक्ने गरी योजना तय गरेको बुझिएको छ ।

त्यस्तै कामपाले सार्वजनिक गर्न लागेको करिब एक दर्जन थप विशेष कार्यक्रममध्ये महानगरपालिकाले अन्य नगरपालिकासँग सहकार्य गर्ने गरी अर्को नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ। देशभरका उत्कृष्ट ५ नगरपालिका छनोट गरी ती नगरपालिकालाई टोकन मनीको रूपमा केही रकम दिने भएको छ। फोहोर व्यवस्थापन र वातावरण र विद्युतीय सुशासनलगायत विषयमा उत्कृष्ट कार्य गर्न नगरपालिकालाई छनोट गरी पुरस्कृत गर्ने योजना सार्वजनिक गर्ने भएको छ।

विशेष निति र कार्यक्रम अन्तर्गत शुसासनलाई पहिलो प्राथमिकताको रूपमा लिइएको छ। हरित काठमाडौ कार्यक्रम, फोहोर संकलन र व्यवस्थापन , विद्युतीय शुसासन र महानगरभित्र रेभिन्यु संकलनलाई प्राथमिकताको रूपमा राखिएको छ। महानगरमा रहेको शहरी योजना आयोगलाई थप जिम्मेवार बनाउने, कौशी खेतीलाई प्राथमिकता दिने, अपाङमैत्री सडक निर्माण, पार्क तथा हरियाली प्रवद्र्धन लगायतका विषयलाई प्राथमिकताको सुचीमा राखिएको छ। परिषदले करिब ३ अर्ब १० करोड रुपियाको बजेट पारित गर्ने भएको छ। आज बिहान ७ बजे दलीय संयन्त्र सहितको बैठकपछि बिहान १२ बजे परिषद बस्ने भएको छ। यो बजेटले निति र कार्यक्रम पारित गर्ने र आगामी असारको बैठकले अहिलेको योजना कार्यान्वयनको तहमा पुग्ने गरी पारित गर्ने भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031