शुक्रबार, जेष्ठ १९, २०८०

चिकित्सकीय सेवा बन्द नगराउन अन्तरिम आदेश

 काठमाडौँ माघ ६,  सर्वोच्च अदालतले देशभरका अस्पतालका कुनै पनि सेवा बन्द नगराउन र आदेश प्राप्त भएको एक घन्टाभित्र चिकित्सकीय सेवा सञ्चालन गराउन अन्तरिम adalatआदेश जारी गरेको छ । गत पुस २९ गतेदेखि बन्द गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा गत आइतबारदेखि देशभरका अस्पतालका आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको थियो । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले आज सो आदेश जारी गरेको हो । 

 आदेशमा ‘जे जुन रूपमा विपक्षीले देशभरिका अपस्तालमा सर्वसाधारणले चिकित्सकीय सेवाबाट वञ्चित हुने गरी आह्वान गरेको बन्द हडताललगायत काम नगर्नू,नगराउनू र सर्वसाधारणले पाउनुपर्ने स्वास्थ्य सेवा सुविधा यो आदेश प्राप्त भएको मितिले एक घन्टाभित्र सुचारु गराउनू’ भनिएको छ । उक्त इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा र गृह मन्त्रालयलाई जारी अन्तरिम आदेशबमोजिम कार्य गर्न गराउन पनि आदेश दिएको छ । सातदिन अघिदेखि बन्द गरिएको शिक्षण अस्पताल तत्काल खुलाउन माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले र अधिवक्ता सुनिलरञ्जन सिंहले छुट्टाछरट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

अस्पतालमा राजनीतिक हस्तक्षेप बन्द गराउन सात सूत्रीय मागसहित आमरण अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको समर्थनमा अस्पतालका कर्मचारी सम्पूर्ण सेवा बन्द गरेर दिनहुँ प्रदर्शनमा उत्रिएका कारण सर्वसाधारण जनता उपचारबाट वञ्चित भएकाले कुनै पनि सेवा बन्द गराउनेमाथि कारबाही गर्न, संस्थाबारे छानबिन गराउन, प्रा डा केसीको माग सम्बोधन गरी अस्पतालको गुणस्तर सुधार्न र अदालतको आदेश प्राप्त भएको एक घन्टाभित्र सम्पूर्ण सेवा सञ्चालन गराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।