बिहिबार, मंसिर १४, २०८०
Dashain

पूर्वको पर्यटनग्राम भेडेटारको भ्यू टावर जीर्ण

 धनकुटा माघ १३, भेडेटार नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। भेडेटार गाविसको भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको   भेडेटारसिमानामा अवस्थित छ। भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन। अझ भेडेटारको भ्यू टावरबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकैपटक हेर्नसकिन्छ।

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटारभ्यू टावर उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ। चार्ल्स प्वाइन्टको नामबाट समेत परिचित यस टावरको विसं। २०५९ मा १० लाख रुपैयाँ खर्चेर जिविसले भ्यू टावरको जीर्णद्दार पनि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने भ्यू टावरका तीनवटै तला २०६८ साल असोजमा गएको भूकम्पले क्षतिग्रस्त भएको बताइैएको छ ।

गत वर्ष टावरको महिमा र महत्वलाइ ध्यानमा राख्दै करिव तीन लाख ५० हजार रुपैयाँको लागतमा ममर्र्त गरिए पनि जोखिम नघटेको धनकुटा जिविस धनकुटाले जनाएको छ । टावरबाट पूर्वका विभिन्न स्थान तथा हिमशृङ्खला अवलोकन गर्न सकिने सो टावरमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयहरुले बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031