
काठमाडौँ पौष २२, मिर्गौलापीडित पत्रकार बिके पाल्पालीलाई थप उपचारका लागि आर्यतवार भारतको मेदान्त अस्पताल लगिएको छ । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, पाल्पाली बचाउ अभियान समितिलगायतका संस्थाले आर्थिक सङ्कलन गरेपछि थप उपचारमा लागि लागि पाल्पालीलाई उपचारार्थ भारत लगिएको हो । पाल्पाली बचाउ अभियान समितिका संयोजक राधेश्याम लेकालीले स्वदेश र विदेशका पत्रकार, साहित्यकार तथा समाजसेवीहरुले पत्रकार बिके पाल्पालीको उपचारार्थ आर्थिक सहयोग गरेका थिए । पाल्पालीको उपचारका लागि नेपाल सरकारले रु पाँच लाख र अन्यत्रबाट गरी हालसम्म १८ लाख रूपैयाँ सङ्कलन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।