मङ्लबार, अशोज १६, २०८०

नेपाल प्रहरीका २३ एसपी र ४८ डीएसपीको सरुवा को कहाँ (सुचीसहित)

 काठमाडौं पौष १८, प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बुधबार पहिलो पटक २३ प्रहरी उपरीक्षक (एसपी) र ४८ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको हो ।  सरुवा हुने एसपीहरूमा मुकुन्दराज आचार्य जिप्रका झापा, मसउद आलम खाँ सुनसरी, इश्वरबाबु कार्की बारा, उमेश रञ्जितकार रौतहट, बसन्तकुमार लामाले कास्कीमा नेतृत्व गर्नेछन् । यसैगरी, जिप्रका बाँकेमा शेखर कोइराला, बर्दियामा वीरेन्द्रकुमार बस्याल, डोटीमा भोजजंग शाह, देवबहादुर बोगटी दंगा नियन्त्रण दुहबी सुनसरी, सुरेशविक्रम शाह केन्द्रीय अनुसन्धान ब्युरो र शेरबहादुर बस्नेत अख्तियार सरुवा भएका छन् ।

यस्तै, रवीन्द्रनाथ रेग्मी प्रप्रका कप्र शाखा, गणेशबहादुर थापा कानुन शाखा, भरतराज शर्मा इन्टरपोल शाखा, ठाकुरप्रसाद ज्ञवाली प्रप्रका पिए शाखा, केदार रिजाल प्रप्रका अन्वेषण शाखामा सरुवा भएका छन् । प्रहरी महानिरीक्षक अर्यालले रौतटहsp-2 1मा रहेर निर्वाचनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई हराउन भन्दै लागेका गोविन्दराम परियारलाई सुप्रक्षेसप्र गण धनगढी, भ्रष्टाचार मुद्दा लागेका प्रेम चन्दलाई प्रप्रका जगेडापुल, तारणिप्रसाद लम्साललाई क्षेप्रका दिपायल, वीरेन्द्र श्रेष्ठलाई क्षेप्रका पोखरा, भोजराज ओझालाई क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरा र हरिबहादुर पाललाई महानगरीय अपराध महाशाखामा सरुवा गरेका हुन् । यसैगरी, डीएसपीहरू शिवकुमार श्रेष्ठ जिप्रका पाल्पा, रामप्रकाश शाह बाजुरा, अच्युतमप्रसाद पुडासैनी लम्जुङ, रमेश थापा गोरखा, अरुणकुमार शाह सल्यान, भोजदेव खतिवडा डडेल्धुरा, दीपेन्द्र घर्ती जीसी अर्घाखाँची, विनयकुमार झा प्रप्रका श्रव्यदृश्य, दीपेन्द्र शाही अछाम, नवीनराज राई रोल्पा, मेघराज कँडेललाई ताप्लेजुङ सरुवा गरेका छन् । यस्तै, जनार्दन जीसी म्याग्दी, दीपक रेग्मी प्युठान, श्यामसिंह चौधरी महानगरीय वृत्त बौद्ध, दुर्गा सिंह चापागाउँ, किरण राणा जगाती भक्तपुर, केदार रजौर इप्रका बर्दिबास, रविकुमार पौडेल इप्रका दमक, दिनेशकुमार आचार्य इप्रका बुटवल र सञ्जयसिंह थापा इप्रका धरान सरुवा भएका छन् ।

यसैगरी, ज्ञानेन्द्रप्रसाद फुयाल इप्रका लहान, भवनेश्वर तिवारी इप्रका अनारमनी झापा, सन्तोष सिंह राठोर मुख्य घटना सहायक दल काठमाडौं, इश्वर कार्की प्रप्रका जगेडापुल, स्थानेश्वर रेग्मी प्रप्रका मानव स्रोत विभाग, श्यामप्रसाद पौडेल क्षेप्रताके विराटनगर, राजेन्द्रप्रसाद भट्ट क्षेप्रताके दिपायल, राजकुमार बैदवार जिप्रका सप्तरी, जनकराज पाण्डे क्षेत्रीय ट्राफिक अत्तरिया कैलाली, ओमबहादुर राना दाङ र गोरखसिंह भण्डारी प्रप्रका कार्य शाखा सरुवा भएका छन् । यसैगरी, तुल्सीप्रसाद अधिकारी प्रप्रका श्रव्यदृश्य शाखा, राजन अधिकारी क्षेप्रका विराटनगर, कृष्ण प्रसाईं प्रप्रका केन्द्रीय कालबालिका सेवा केन्द्र, उमाप्रसाद चतुर्वेदी प्रहरी युक्ति तालिम महाविद्यालय, गोविन्दप्रसाद आचार्य सुरक्षा परिषद्, भुपेन्द्रबहादुर खत्री प्रप्रका पीए शाखा, मनोजकुमार केसी प्रप्रका केन्द्रीय पुस्तकालय, बसन्तबहादुर कुँवर अख्तियार, हीराबहादुर पाण्डे प्रप्रका अअ विभाग सरुवा भएका छन् ।

यस्तै, लालमणि आचार्य प्रप्रका कार्य विभाग, बुद्धिराज गुरुङ प्रप्रका पीरमर्का छानबिन एकाइ, सुशीलकुमार कार्की बाग्मती, कृष्णबहादुर पल्ली मगर दंगा नियन्त्रण रूपन्देही, टेकबहादुर तामाङ प्रप्रका आतंकवाद नियन्त्रण महाशाखा, कृष्णजी अधिकारी क्षेप्रका हेटौंडा, रवीन्द्र केसी प्रहरी युक्ति महाविद्यालय नक्साल र देवबहादुर पाललाई महानगरीय प्रहरी अपराध महाशाखामा सरुवा गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031