काठमाडौं पौष १९, राजधानरीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपाल आर्मीले सङ्कटा क्बललाई १–० गोल अन्तरले पराजित गरेको छ । भने आजै भएको फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्बलबीचको दोस्रो खेल बराबरीमा टुङ्गिएको छ । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो ।भोलिको पहिलो खेलमा दिउँसो १:०० बजे मच्छिन्द्र क्लबले सरस्वती क्लबको समाना गर्नेछ भने दोस्रो खेल दिउँसो ३:०० बजे नेपाल प्रहरी क्लब र रानीपोखरी कर्नरबीच हुनेछन् ।