काठमाडौ पौष १७, नेपाली काँग्रेसले इस्वी संवत्को नयाँ वर्ष सन् २०१४ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति सुशील कोइरालाले शुभकामना सन्देशमा संविधान निर्माण गरी मुलुकमा शान्ति र सुशासन कायम गरी लोकतान्त्रिक शासन पद्धतिमार्फत समृद्धितर्फ लैजान प्राप्त जनादेश कार्यान्वयन गर्न काँग्रेसले सबै दलसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।